Health TV Online
Health TV Online
Health TV Online

शुक्रबार १२ जना कोरोना संक्रमित थपिए, ८९ जना संक्रमणमुक्त

सक्रिय काेराेना संक्रमितकाे संख्या ६६९

शुक्रबार १२ जना कोरोना संक्रमित थपिए, ८९ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ३४९ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता २६ हजार ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ६ सय ६९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ भने ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार