आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार खोप अभियानको शुभारम्भ गरेका थिए । सरकारले आजदेखि सुरु गरेको खोप अभियान वैशाख १८ गतेसम्म जारी रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले जानकारी दिए ।
उनले देशभरका १५ महिनादेखि १५ वर्ष मूनिका ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको समेत जिकीर गरे ।
उनले यो अभियानपछि सरकारले टाइफाइड खोपलाई राष्ट्रिय खोप तालिकामा नियमित खोपका रुपमा समावेश गरिने समेत जानकारी दिए । खोप ७५३ वटै स्थानीय निकायका विद्यालयमार्फत दिइने छ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामार्फत दिइनेछ । खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी पचिालन गरिने जनाइएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै