आज विश्व स्वास्थ्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस । नेपालमा विविध कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो दिवस मनाउँदै छ । यस वर्षको दिवसको नारा ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने रहेको छ ।
जलवायु परिवर्तनका कारण जनस्वास्थ्यका समस्या झन झन विकराल बन्दै गएको अवस्थामा यसलाई केन्द्रमा राख्दै यस वर्षको नारा तय गरिएको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो समय विश्वभर देखिएको जलवायु परिवर्तनका कारण विश्वका ९० प्रतिशत मानिसले प्रदूषित हावामा सास लिन वाध्य भएको देखाएको छ । यसैगरी प्रदूषित वातावरणकै कारण विश्वामा ७० लाख मानिसको मृत्यु हुने गरेको पाइन्छ । जसमध्ये २० लाख भन्दा बढी साउथ इस्ट एशियाका मानिस छन्।
स्वास्थ्य सेवा दिवसमा विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले वातावरणीय प्रदूषण रोक्न अब तुरुन्त काम गर्ने बेला आएको भन्दै अब पनि यसमा काम नगर्ने हो भने धेरै नराम्रो स्थिती आउनसक्ने जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’