Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेको खजुरामा जेष्ठ नागरिकलाई नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर

बाँकेको खजुरामा जेष्ठ नागरिकलाई नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ। सोमवारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा विशेष लगानी गरेको बताए। अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएकोे छ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिए । उनले वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्य जाँच गरिरहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार