देशभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक हजारभन्दा कममा झरेको छ । पछिल्लो दुई महिनायता कोरोना संक्रमण दर कम हुँदै आएर अब सक्रिय संक्रमित एक हजारभन्दा कम अर्थात ९ सय ४२ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी अहिले १५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमित भएका जिल्लामा पनि २ सय भन्दा कम संक्रमित रहेका छन्। अहिले रहेका संक्रमितमध्ये १६ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कोरोना संक्रमण सुरु भएयता देशभर ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो