Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम

देशभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक हजारभन्दा कममा झरेको छ । पछिल्लो दुई महिनायता कोरोना संक्रमण दर कम हुँदै आएर अब सक्रिय संक्रमित एक हजारभन्दा कम अर्थात ९ सय ४२ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी अहिले १५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमित भएका जिल्लामा पनि २ सय भन्दा कम संक्रमित रहेका छन्। अहिले रहेका संक्रमितमध्ये १६ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमण सुरु भएयता देशभर ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार