नेपालका १५ जिल्ला कोरोना शुन्य, काठमाडौंमा १३६ जना सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका सबै जिल्लामा कोरोना संक्रमण भेटिएको भए पनि अहिले त्यहाँका संक्रमित निको भएर डिस्चार्ज भएपछि १५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका छन्। ती जिल्लाहरुमा संखुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व रहेका छन्।
यसैगरी जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, सल्यान र बाजुरा पनि संक्रमण शुन्य जिल्ला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको जारी गरेको तथ्ष्यांक अनुसार हाल देशभर १ हजार २२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये काठमाडौंमा १३६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १२५ जना सक्रिय संक्रमित रहेका छन्।
हाल कोरोना संक्रमण भएका जिल्लामा पनि २ सय भन्दा कम संक्रमित नै रहेको मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारी बताउँछन्। उनले पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको बताउँदै भएका संक्रमितमा पनि जटिलता नभएको जनाए । उनले धेरै जनाले कोरोना विरुद्धको खोप पाएका कारण पनि संक्रमण दर र जटिलता कम भएको हुनसक्ने जिकीर गरे । अहिले आइसीयूमा १घ जना र भेन्टिलेटरमा २ जना मात्र संक्रमित रहेका छन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा