थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९५१ जनाको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता पछिल्लो २४ घण्टामा देशभर ६० हजार २६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमित जम्मा एक हजार ८१ जना रहेको मन्त्रालयले जनाएको छ ।
अहिले कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब७ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल