मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले गम्भीर रोग मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्चवापत मासिक रुपमा ५ हजार उपलब्ध गराउने कार्यविधि २०७८ स्वीकृत गरेको छ । चैत्र १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो।
उक्त कार्यविधि स्वीकृत भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीले औषधी उपचारबापत मासिक ५ हजार रुपैयाँ पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयनका लागि ७५३ वटै स्थानीय सरकारलाई आग्रह गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’