देशभर सक्रिय संक्रमितको संख्या १ हजार २५४
२६ संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा १ हजार २५४ मात्र रहेको छ । मंगलबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या अब १ हजार २५४ मा झरेको छ ।
कोरोना संक्रमण दर घट्दै गएपछि र संक्रमित निको हुने क्रम बढे्सँगै सक्रिय संक्रमितको संख्या कम भएको मन्त्रालयले जनाएको छ । यसैगरी अहिले २३ जना संक्रमितको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उता संस्थागत आइसोलेसनमा जम्मा ४८ जना संक्रमित रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
सरकारले हालसम्म ५५ लाख ३४ हजार ५०५ जनाको पीसीआर र ११ लाख २३ हजार १८४ जनाको एन्टिीजेन विधिबकाट कोरोना परीक्षण गरिसकेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै