क्षयरोग निवारणका लागि सुर्तीजन्य पदार्थको नियन्त्रण जरुरी : विज्ञहरु
हेल्थ टिभी अनलाइन\काठमाडौं : क्षयरोग नियन्त्रणका लागि सर्वप्रथम सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न जरुरी रहेको विज्ञहरुले बताएका छन्। विश्व क्षयरोग दिवसको सेरोफेरोमा इन्टरनेशनल यूनियन अगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजीज (द यूनियन) ले सोमबर भर्चुअल रुपमा गरेको प्रेस ब्रिफिङका क्रममा उनीहरुले यस्तो बताएका हुन्।
प्रेस ब्रिफिङमा आफनो प्रस्तुती दिंदै द यूनियनका निर्देशक प्राडा गाय माक्र्सले क्षयरोगको बर्डन कोभिडका कारण फेरि एकपटक झनै बढेको भन्दै यसका लागि सुर्तीजन्य पदार्थ नियन्त्रणदेखि कम बर्डन भएका देशमा भन्दा बढी बर्डन भएका देशमा बढी लगानी र प्राथमिकता बढाउनपर्ने भएको बताए । उनले कोभिडका कारण एसिया प्यासिफिक क्षेत्रका देशले क्षयरोग नियन्त्रणमा पाएको सफलता पनि गुम्दै जाने अवस्था आएको बताउँदै अब क्षयरोग नियन्त्रणमा विशेष ध्यान दिनपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा द यूनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारासिंह बमले क्षयरोग नियन्त्रण गर्नका लागि सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कार्यक्रम पनि सँगै लिएर जानपर्नेमा जोड दिए । उनले विभिन्न देशमा गरिएका अध्ययनहरुले सुर्तीजन्य पदार्थ सेवन गर्नेमा क्षयरोगको जटिलता बढी हुने र यसले उपचारको सफलतामा पनि असर पार्ने देखिएको भन्दै दुबै कार्यक्रमलाई एकीकृत गरेर सञ्चालन गरेमा मात्र क्षयरोग नियन्त्रणमा सहयोग पुग्ने जनाए । डा बमले सुर्तीजन्य पदार्थ सेवन गर्ने क्षयरोगीको मृत्युदर पनि बढी हुने अध्ययनले देखाएको जनाए । उनले भने, ‘जबसम्म सुर्तीजन्य पदार्थ नियन्त्रण हुँदैन तबसम्म क्षयरोग नियन्त्रणमा समस्या देखिन सक्छ ।’
यसैगरी कार्यक्रममा टीबी एसेम्ब्लीकी अध्यक्ष तथा इण्डोनेशियाको श्वास सम्बन्धी रोग विशेषज्ञ संगठनकी अध्यक्ष डा एर्लिना बुरहानले क्षयरोग नियन्त्रण गर्न गरिएको प्रयासको बावजुद पनि यो सही ट्याकमा नभएको भन्दै अझ त्यसमा कोभिड महामारीले समस्या थपेकोमा चिन्ता व्यक्त गरिन्। उनले क्षयरोग नियन्त्रण एक पक्षले मात्र नभई सबै पक्ष मिलेर मात्र सम्भव हुने त्यसका लागि कोभिडलाई प्राथमिकतामा राखेर भ्याक्सिन बनाउने काम गरे जस्तै यसलाई पनि प्राथमिकतामा राख्नपर्ने जनाइन्। यसका साथै कोभिड जस्तै संक्रामक रोगलाई पनि बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताइन्। उनले भनिन, ‘औषधी, उपचार पहुँच सबैमा ध्यान दिएमा मात्र क्षयरोग निवारण हुनसक्छ ।’
प्रेस ब्रिफिङमा आफनो प्रस्तुती दिंदै मलेशयिाको माहसा विश्वविद्यालयका चिकित्सा अध्यक्ष तथा वरिष्ठ श्वाससम्बन्धी रोग विशेषज्ञ प्राडा अब्दुल रज़ाक़ मुत्ततलिफले क्षयरोगको पहिचान र उपचार समयमै गर्न नसक्दा समस्या भइरहेको भन्दै जतिसक्दो रोगीको पहिचान गरेर उपचारको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले अहिले धेरै बिरामी उपचारमा नहुँदा उनीहरुले अरुलाई रोग सारिरहेको बताए । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ उनले थपे ।
कार्यक्रमको सहजीकरण भारतको सीएनएस मिडियाकी वरिष्ठ पत्रकार शोभा शुक्लाले गरेकी थिइन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’