अबदेखि टाइफाइड खोपलाई पनि नियमित खोप तालिकामा राखिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही चैत २५ गतेदेखि पहिलोपटक देशभरका बालबालिकालाई टाइफाइड खोप दिने भएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देशभरका १५ महिनादेखि १५ वर्ष मूनिका सबै बालबालिकालाई टाइफाइड खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलोपटक सुरु हुन लागेको यो अभियान पश्चात भने नियमित खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ । टाइफाइड ज्वरो ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मूनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । साेही टाइफाइड रोगबाट बचाउन सरकारले यही चैत २५ देखि वैशाख १८ गतेसमम खोप अभियान सञ्चालन गर्दैछ ।
खोप लगाउनुका साथै टाइफाइड जस्ता पानीजन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउन र खाना खानुअघि राम्ररी हातको सरसफाई गर्न मन्त्रालयले आग्रह गरेको छ ।टाइफाइड खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई दिइनेछ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने