अबदेखि टाइफाइड खोपलाई पनि नियमित खोप तालिकामा राखिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही चैत २५ गतेदेखि पहिलोपटक देशभरका बालबालिकालाई टाइफाइड खोप दिने भएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देशभरका १५ महिनादेखि १५ वर्ष मूनिका सबै बालबालिकालाई टाइफाइड खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलोपटक सुरु हुन लागेको यो अभियान पश्चात भने नियमित खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ । टाइफाइड ज्वरो ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मूनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । साेही टाइफाइड रोगबाट बचाउन सरकारले यही चैत २५ देखि वैशाख १८ गतेसमम खोप अभियान सञ्चालन गर्दैछ ।
खोप लगाउनुका साथै टाइफाइड जस्ता पानीजन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउन र खाना खानुअघि राम्ररी हातको सरसफाई गर्न मन्त्रालयले आग्रह गरेको छ ।टाइफाइड खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई दिइनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण