११ जिल्ला कोरोना शुन्य, सक्रिय संक्रमितको संख्या १ हजार ७५८
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७५८ मात्र रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर जम्मा एक हजार ७५८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यसैगरी हालसम्म ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उता लक्षित जनसंख्याको ९३ दशमलब ३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धका्े खोप लगाइसकेका छन्। सरकारले यही चैत मसान्तसम्ममा सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ । अहिले पनि खोप अभियान देशभर जारी छ । अहिले धनकुटा, संखुवासभा, जुम्ला, हुम्ला, डोल्पा, मनाङ, रामेछाप लगायतका ११ जिल्ला कोरोना शुन्य भएका छन्।
मन्त्रालयका अनुसार २ सय संक्रमित हुने जिल्ला अहिले काठमाडौं मात्र रहेको छ भने अन्य जिल्लामा सोभन्दा कम संक्रमित रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’