११ जिल्ला कोरोना शुन्य, सक्रिय संक्रमितको संख्या १ हजार ७५८
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७५८ मात्र रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर जम्मा एक हजार ७५८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यसैगरी हालसम्म ११ हजार ९५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उता लक्षित जनसंख्याको ९३ दशमलब ३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धका्े खोप लगाइसकेका छन्। सरकारले यही चैत मसान्तसम्ममा सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ । अहिले पनि खोप अभियान देशभर जारी छ । अहिले धनकुटा, संखुवासभा, जुम्ला, हुम्ला, डोल्पा, मनाङ, रामेछाप लगायतका ११ जिल्ला कोरोना शुन्य भएका छन्।
मन्त्रालयका अनुसार २ सय संक्रमित हुने जिल्ला अहिले काठमाडौं मात्र रहेको छ भने अन्य जिल्लामा सोभन्दा कम संक्रमित रहेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल