नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार भन्दा कममा झर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजारभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १९ सय ६० जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १९ सय १६ जना होम आइसोलेसनमा छन् भने ४४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी २३ जना संक्रमित आइसीयू तथा भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३४२ जनाको नमुना परीक्षण गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको छ भने २७१ जना संक्रमणमुक्त भएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल