‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज मार्च २४ अर्थात विश्व क्षयरोग दिवस । विश्वभर मार्च २४ मा क्षयरोगबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्दछ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को प्रतिवेदन अनुसार विश्वमा ९९ लाख मानिस क्षयरोगबाट पीडित भएका छन् भने ती मध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बच्चाहरु रहेका छन्। उपचार गरे निको हुने भए पनि वार्षिक १५ लाख मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
नेपालमा राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ७५ अनुसार वार्षिक रुपमा नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगी हुने र वार्षिक रुपमा ६९ हजार बिरामी थपिने गर्छन् । यसका सार्थ वािर्षक रुपमा १६ हजार बिरामीको मृत्यु हुने गरेको अनुमान छ । नेपालमा क्षयरोगको उपचार सफलता ९१ प्रतिशत रहेको छ ।
क्षयरोग केन्द्रका अनुसार अझै पनि ४० हजारभन्दा बढी बिरामी उपचारबाहिर रहेका छन्। ठूलो संख्यामा बिरामी उपचारमा नआउनुले क्षयरोग नियन्त्रणमा समस्या र चुनौती थपेको केन्द्रका निर्देशक डा सञ्जय ठाकुर बताउँछन।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’