बीएण्डसीले गरिदियो १५ सय विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा
हेल्थ टिभी अनलाइन\ झापा : झापाको बी एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले १५ सय बढी विपन्न परिवारको नि:शुल्क बीमा गरिदिएको छ । सोमबार बी एण्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुुर्गा प्रसाईले झापाको बाह्रदशी गाउँपालिकाका अति विपन्न १५ सय परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन्।
उनले झापामा रहेर पनि स्वास्थ्य सेवाको सहज पहुँच हुन नसकेको विपन्न परिवारका लागि आफूले स्वास्थ्य बीमा गरिदिएको र यसका कारण उनीहरु अब २ लाख सम्मको सेवा बी एण्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट पाउने जनाए । कार्यकक्रममा बोल्दै प्रसाईले भने, ‘हामीले अस्पतालको सामाजिक उत्तरदाियत्व अन्तर्गत आर्थिक रुपले कमजोर परिवारका लागि बीमाको लाग्ने प्रति परिवार ३५ सय रुपैयाँ तिरिदिएका हौं । यो प्रयास यत्तिकैमा रोकिंदैन हामी विपन्न अन्य परिवारको पनिबीमा गर्दै जानेछौं ताकी उनीहरुले पनि स्वास्थ्य सेवा लिन पाउन्।’ कार्यक्रममा उनले झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य बीमा गर्न पाएका विपन्न परिवार आफनो स्वास्थ्य विमा गरिददिएकोमा खुशी व्यक्त गर्दै आफूहरुलाई पहिलोपटक यसरी सेवा पाइन्छ भन्ने थाहा पाएको बताएका थिए । कार्यक्रममा १५ सय परिवारमध्ये २५ परिवारलाई कार्यक्रमस्थलमै प्रसाईले कार्ड प्रदान गरेका थिए भने अन्य परिवरारलाई सम्बन्धित वडाका अध्यक्षमार्फत दिनका लागि कार्डहरु हस्तान्तरण गरिएको थियोा । प्रसाईले आफूले विपन्न परिवारका लागि विभिन्न क्षेत्रमा गरी वर्षेनी १० करोड रुपैयाँ छुट्याएको जनाएका थिए । उनले यसअघि सोही गाउँपालिकासँगै जोडिएका बासिन्दालाई खानेपानीका लागि २ सय वटा कल दिएका थिए ।
यसैगरी कार्यक्रममा पूर्वाञचल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा विरेन्द् यादवले आफूहरुले पूर्वका महिलाहरुलाई लक्षित गर्दै निशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाए । उनले निशुल्क विमाले अति विपन्न परिवारलाई क्यान्सर लगायतका अन्य सेवा लिन अब धेरै नै राहत हुनेमा जोड दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’