९३ प्रतिशत नेपालीले लगाइसके कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म लक्षित जनसंख्याको ९३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्या मध्ये एक करोड ९९ लाख २२ हजार १६४ जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यो भनेको ९२ दशमलब ९ प्रतिशत हुन आउँछ ।यस्तै पूर्ण मात्रा खोप लगाउने नै ८१ प्रतिशत रहेको छ ।
यसका साथै साथै १२ देखि १७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ जना आर्थात ९१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसेका छन् । उता १८ लाख ३५ हजार ६९३ जनाले कोरोना विरुद्धको बुस्टर खोप समेत लगाइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा खोप अभियान सुरु भए यता ३ करोड ९२ लाख ३२ हजार ७२५ मात्रा खोप लगाइएको छ भने हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त भएको छ ।
देशभर अहिले पनि खोप अभियान जारी रहेको छ । सरकारले यही चैतको अन्त्यसम्ममा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो