Health TV Online
Health TV Online
Health TV Online

सिंहदरबार भित्र हेल्थ डेस्क

सिंहदरबार भित्र हेल्थ डेस्क

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सञ्चालनमा आएको छ । सात हजार भन्दा बढी कर्मचारी कार्यरत सिंहदरबारमा कर्मचारीका लागि वीर अस्पतालले हेल्थ डेस्क स्थापना गरेको हो । यसभन्दा अघि २०७४ साल चैत १६ मा सुरु भएको हेल्थ डेस्कको सेवा कोभिड १९ को महामारीका कारण केही समय बन्द रहेको थियो। सोही सेवा अहिले पुन सञ्चालनमा ल्याइएको हो ।

कोभिड १९ को संक्रमण कम भएसँगै प्रधानमन्त्री कार्यालयको अनुरोधमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आजदेखि सो हेल्थ डेस्क पुन:सुरु गरेको हो । हेल्थ डेस्कको उदघाटन मुख्य सचिव शंकर दास बैरागीले गरेका थिए । यसैगरी सेवाको शुभारम्भ भने वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरेका थिए । उक्त हेल्थ डेस्कमा हाललाई वीर अस्पतालका दुई जना चिकित्सक तथा ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ । स्वास्थ्य जाँच गर्ने समय भने बिहान १० देखि ३ बजेसम्म हुनेछ ।

उक्त हेल्थ डेक्समा अक्सिजन सहितको बेड, स्वास्थ्य परीक्षण, प्रेसर, सुगर, ड्रेसिङ्ग लगायतका सेवा रहनेछ भने आपतकालिन अवस्थाका लागि एम्बुलेन्स पनि हुने बताइएकाे छ । सिंहदरबारभित्र ठूलो संख्यामा रहेका कर्मचारीलाई सामान्य स्वास्थ्य जाँचका लागि कार्यालय छोडेर बाहिर अस्पताल जान नपरोस भनरे सिंहदरबार भित्रै हेल्थ डेस्क स्थापना गरिएको हेल्थ डेस्कका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए । उनले सिंहदरबारभित्रका कर्मचारीलाई मात्र नभएर सिंहदरबारभित्र विभिन्न काम लिएर आउने सेवाग्राहीलाई समेत हेल्थ डेस्कमार्फत स्वास्थ्य सेवा प्रदान गरिने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार