नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा ऋषिकुमार काफ्ले चयन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक समेत हुन्।
यसैगरी सोसाइटीको उपाध्यक्षमा प्राडा दिव्या सिंह शाह, महासचिवमा प्राडा प्रेमराज ज्ञवाली, कोषाध्यक्षमा डा मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा सुभाष प्रसाद आचार्य र सहकोषाध्यक्षमा डा अनिल श्रेष्ठ चयन भएका छन्।
यसैगरी सोसाइटीको सदस्यहरुमा डा महेश राज सिग्देल, डा अरुण शर्मा, डा पवनराज चालिसे, डा शैलेन्द्र श्रेष्ठ र डा छेतेन योञ्जन चयन भएका छन्।
यसैगरी सोसाइटीको सल्लाहकारमा डा भोला राज जोशी र कार्यालय सचिवमा विमल बराल चयन भएका छन्। नयाँ कार्य समितिको कार्यकाल आगामी दुई वर्षका लागि हुनेछ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र