थप ५१ जनामा कोरोना संक्रमण, ३९२ जना निको भए
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९९६
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ९१४ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३९२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। गत २४ घण्टामा २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ९९६ मात्र रहेको छ ।
यसैगरी १०६ जना अहिले पनि क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ११ हजार ९५० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण