थप ८२ जनामा कोरोना संक्रमण, २१३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार १७५ जनाको नमुना परीक्षण गरिएकोमा ८२ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २१३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार १ लाख ५ हजार ४२२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा हालसम्म लक्षित जनसंख्याको ९२ दशमलब ७ प्रतिशतले पहिलो मात्रा र ८१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’