लोकसेवाले खुलायो ३ सय नर्सका लागि स्थायी जागिरको अवसर
हेल्थ टिभी अनलाइन \काठमाडौं : लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहकाे पाँचौं तहका लागि ३ सय जना स्टाफ नर्सको स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताबाट ३ सय जना नर्स स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विज्ञापन खुलाएको हो ।
सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेका नर्सले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।
अनलाइन दरखास्त हाल्ने म्याद चैत २२ सम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित