देशभर ५ हजार सक्रिय संक्रमित : ४६ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन्र काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ५० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
ती मध्ये ८४१ जना भने काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा ४३६, भक्तपुरमा ५१ र ललितपुरमा ३५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभरका सबै जिल्ला कोरोना रेड जोनबाट मुक्त रहेको पनि मन्त्रालयले जनाएको छ । उता हुम्ला, मनाङ र मुस्ताङ गरी तीन जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयाका अनुसार हाल ४० जना कोरोना संक्रमितको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमण दर एक प्रतिशत रहेको छ भने निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण