शनिबार ७३ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ६२ जनाको नमुना परीक्षण गरिएकोमा ७३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज १९२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा एक लाख एक हजार ३०४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।
अहिले पनि देशका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा १०६ जना रहेका छन्। अहिले देशभर ४० जना कोरोना संक्रमितको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो