खोप लगाएका र लक्षण नदेखिएकालाई पीसीआर परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको पूर्ण खोप लगाएका र लक्षण नदेखिएका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पीसीआर परीक्षण अनिवार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको हो ।
यसअघि सबै अस्पतालहरुले कुनै पनि शल्यक्रिया गर्नुअघि कोभिड भए नभएको जाँच गर्न पीसीआर परीक्षण अनिवार्य गर्दै आएका थिए । अब भने यो निर्णय पश्चात पूर्ण खोप लगाएका र कोभिडसम्बन्धित लक्षण नदेखिएका व्यक्तिलाई पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
कोरोना संक्रमण घट्दै गएपछि सरकारले यसअघि जारी गरका कोरोना रोकथामका मापदण्डहरु पनि हटाएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा