५ हजारमा झर्यो सक्रिय कोरोना संक्रमितको संख्या, काठमाडौंमा ४५४ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३४० मा झरेको हो ।
पछिल्लो समय कोरोना संक्रमण दर पनि ह्वात्तै घटेको छ । संक्रमणदर १ प्रतिशतमा झरेको छ । सक्रिय संक्रमितमध्ये ११० जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्येमा पनि ३४ जना आइसीयूमा र ५ जना भन्टिलेटरमा रहेका छन्। हाल कुनै पनि जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छैनन्। सबैभन्दा बढी काठमाडौंमा ४५४ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार ९४९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !