५ हजारमा झर्यो सक्रिय कोरोना संक्रमितको संख्या, काठमाडौंमा ४५४ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३४० मा झरेको हो ।
पछिल्लो समय कोरोना संक्रमण दर पनि ह्वात्तै घटेको छ । संक्रमणदर १ प्रतिशतमा झरेको छ । सक्रिय संक्रमितमध्ये ११० जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्येमा पनि ३४ जना आइसीयूमा र ५ जना भन्टिलेटरमा रहेका छन्। हाल कुनै पनि जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छैनन्। सबैभन्दा बढी काठमाडौंमा ४५४ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार ९४९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण