घट्दै संक्रमण : अब ललितपुरमा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन घट्दै गइरहेको छ । सोमबारसम्मको तथ्यांक हेर्दा अब ललितपुरमा मात्र ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उपत्यकाका काठमाडौं र भक्तपुर पनि कोरोनाको रेड जोन बाहिर रहेका छन्। काठमाडौंमा अहिले ४७९ जना र भक्तपुरमा ५५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
ललितपुरमा अहिले ५ सय ८५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन्। यसैगरी मनाङ र हुम्लामा अहिले कोरोना संक्रमित शुन्य संख्यामा रहेका छन् भने मोरङ, सुनसरी, धनुषा लगायतका ९ जिल्लामा २ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण दर एक प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी सक्रिय कुल संक्रमितको संख्या ६ हजार १५० रहेकोमा ४४ जनाको आइसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो