Health TV Online
Health TV Online
Health TV Online

बझाङमा नि:शुल्क कृतिम दाँत शिविर

बझाङमा नि:शुल्क कृतिम दाँत शिविर

हेल्थ टिभी अनलाइन : बझाङमा जेष्ठ नागरिकहरुलाई लक्षित गरी नि:शुल्क कृतिम दाँत राख्ने शिविर गरिएको छ । स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको आयोजनामा शिविर गरिएको हो । महाशाखाका प्रमुख कन्सल्टेन्ट डा. प्रकाश बुढाथोकीले धेरै महिनापछिको तयारी र स्थानीय निकायसँगको सहकार्यमा बझाङमा कृतिम दाँत शिविर गर्न सम्भव भएको जानकारी दिए ।

उनले शिविर ५ दिनसम्म चल्ने र उक्त शिविरमा ७ हजार भन्दा बढी बिरामीको मुख तथा दाँतको परीक्षण गरिने जनाए । यसैगरी एक सय बढी जेष्ठ नागरिकको तल र माथि कृतिम दाँतको सेट नै राखिदिने तथा २ हजार बढीको काम नलाग्ने र खराब भएका दाँत निकाल्ने लक्ष्य राखेको बताए ।

शिविरका प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोक खड्ग बहादुर खड्काले बझाङमा पहिलोपटक मुख तथा दाँतसम्बन्धी बृहत शिविर भएको भन्दै आयोजकलाई धन्यवाद मात्र दिएनन यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला अस्पताल बझाङका निमित्त मेसु डा संदीप कुमार ओकेडाले स्वागत मन्तब्य दिएका थिए । उक्त शिविरमा टुथब्रस तथा टुथ पेस्ट वितरण गर्नुका साथै ओरल हाइजिनका बारेमा जानकारी दिइएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार