कोरोना संक्रमण दर १ प्रतिशतमा झर्यो, आज ६८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । अहिले संक्रमण दर घटेर १ प्रतिशतमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको कोरोना संक्रमण दर १ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ नमुना परीक्षण गर्दा जम्मा ६८ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी यहीवीच ५३८ जना संक्रमणमुक्त भएका छन् भने ८८ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने