देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ९४७, सबैभन्दा बढी ललितपुरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमतिको संख्या घटेर ६ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार हाल देशभर ६ हजार ९४७ जना सक्रिय कोरोना संक्रमित आइसोलेसनमा रहेका छन्।
उनीहरुमध्ये १३१ जना मात्र संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ८१६ जना भने होम आइसोलेसनमा रहेका छन्। यसैगरी अहिले ५३ जना संक्रमितको आइसीयूमा र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उललेख छ ।
नेपालमा कोरोना संक्रमण देखिन सुरु गरे यता ११ हजार ९४५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। त्यसो त कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब १ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार काठमाडौं । ललितपुर गरी दुई जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन् भने ८ वटा जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।
अहिले सबैभन्दा बढी संक्रमित ललितपुरमा १ हजार ४३ जना रहेका छन् । त्यसपछि भने काठमाडौंमा ६ सय ६५ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने