देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ९४७, सबैभन्दा बढी ललितपुरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमतिको संख्या घटेर ६ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार हाल देशभर ६ हजार ९४७ जना सक्रिय कोरोना संक्रमित आइसोलेसनमा रहेका छन्।
उनीहरुमध्ये १३१ जना मात्र संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ८१६ जना भने होम आइसोलेसनमा रहेका छन्। यसैगरी अहिले ५३ जना संक्रमितको आइसीयूमा र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उललेख छ ।
नेपालमा कोरोना संक्रमण देखिन सुरु गरे यता ११ हजार ९४५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। त्यसो त कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब १ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार काठमाडौं । ललितपुर गरी दुई जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन् भने ८ वटा जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।
अहिले सबैभन्दा बढी संक्रमित ललितपुरमा १ हजार ४३ जना रहेका छन् । त्यसपछि भने काठमाडौंमा ६ सय ६५ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण