१०५ संक्रमित थपिंदा ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९२४ जनाको नमुना परीक्षण गरिएकोमा १०५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ । उता यहीवीच ३२० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख २४ हजार ७८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ७ हजार ५१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै