पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ६ हजार ८७४ जनाको नमुना परीक्षण गरेकोमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी यहीवीच ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ७ हजार ७७० जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ६८ जनाको आइसीयूमा र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको छ । बुधबारसम्म देशभर ११ हजार ९४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने