खड्गी इन्स्टिच्युटमा आजदेखि नि:शुल्क शल्यक्रिया शिविर
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा मिर्गौला पत्थरी भएका बिरामीहरुका लागि नि:शुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।
आर्थिक अवस्था कमजोर भएर शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीका लागि इन्स्टिच्युटले आरुस लाइफस्टाइल हस्पिटल तथा रेड क्रसन्ट अफ कुवेत (Red Crescent of Kuwait) सँगको सहकार्यमा नि:शुल्क शल्यक्रियाको आयोजना गरेको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गीले जानकारी दिए । आजबाट सुरु भएको शल्यक्रिया तीन दिनसम्म चल्नेछ भने ३० देखि ४० जनाको मिर्गौलामा भएको पत्थरीको मिनी पीसीएनएल प्रविधि (बिना ठूलो चिरफार) मार्फत शल्यक्रिया गरिनेछ ।

शल्यक्रिया शिविरमा बिरामीका लागि शल्यक्रियाको मात्र नभई औषधि तथा बेड चार्ज समेत नि:शुल्क गरिएको छ । उनीहरुले अत्याधुनिक मोडुलर अपरेशन थियटरमा विश्वमै नाम चलेका र मिनी पीसीएनएल प्रविधिका नेपालका पायोनियर डाक्टर सन्जय खड्गीबाट शल्यक्रिया सेवा लिन पाउनेछन्। शिविरको पहिलो दिन १५ जना बिरामीको शल्यक्रिया गरिने जनाइएको छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण