नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार कुल जनसंख्यामध्ये ६० दशमलब १ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी कुल जनसंख्याको ७४ प्रतिशतले कोरोना विरुद्धकको एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
लक्षित जनसंख्याको कुरा गर्ने हो भने १८ वर्ष माथिका ९१ दशमलब ६ प्रतिशतले एक मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। उता १२ वर्ष माथिका ४८ प्रतिशतले पूर्ण मात्रा र ८९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
अहिलेसम्म ११ लाख ८९ हजार ७१६ जनाले कोरोना विरुद्धको बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण