नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार कुल जनसंख्यामध्ये ६० दशमलब १ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी कुल जनसंख्याको ७४ प्रतिशतले कोरोना विरुद्धकको एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
लक्षित जनसंख्याको कुरा गर्ने हो भने १८ वर्ष माथिका ९१ दशमलब ६ प्रतिशतले एक मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। उता १२ वर्ष माथिका ४८ प्रतिशतले पूर्ण मात्रा र ८९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
अहिलेसम्म ११ लाख ८९ हजार ७१६ जनाले कोरोना विरुद्धको बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै