शिवरात्रीमा पशुपति दर्शन गर्न आउनेलाई मास्क अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : यसपटक महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउनेलाई मास्क अनिवार्य गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले दर्शन गर्न आउने सबै भक्तजनलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए।
उनले मंगलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको बताए। मास्कको प्रयोग नगर्ने भक्तजनलाई मन्दिर प्रवेश गर्न नदिइने समेत उनले जिकीर गरे ।
यसअघि २ वर्षसम्म कोरोनाको उच्च जोखिमका कारण शिजरात्रीका दिन सर्वसाधारणका लागि मन्दिर खुला गरिएको थिएन । यसपटक संक्रमण दर घटेपछि सबैका लागि मन्दिर खुला गरिएको हो । त्यसैले पनि यसपटक बढी भिडभाड हुने अनुमान गरिएको छ । रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण