शिवरात्रीमा पशुपति दर्शन गर्न आउनेलाई मास्क अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : यसपटक महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउनेलाई मास्क अनिवार्य गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले दर्शन गर्न आउने सबै भक्तजनलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए।
उनले मंगलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको बताए। मास्कको प्रयोग नगर्ने भक्तजनलाई मन्दिर प्रवेश गर्न नदिइने समेत उनले जिकीर गरे ।
यसअघि २ वर्षसम्म कोरोनाको उच्च जोखिमका कारण शिजरात्रीका दिन सर्वसाधारणका लागि मन्दिर खुला गरिएको थिएन । यसपटक संक्रमण दर घटेपछि सबैका लागि मन्दिर खुला गरिएको हो । त्यसैले पनि यसपटक बढी भिडभाड हुने अनुमान गरिएको छ । रासस
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !