१८० संक्रमित थपिंदा ४ सय जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर १८० कोरोना संक्रमित थपिंदा ४ सय जना संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ३४१ जनाको नमुना परीक्षण गरेकोमा १८० जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार १२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। केही समय यता कोरोना संक्रमण दर घटेर एक प्रतिशतभन्दा कममा झरेका मन्त्रालयले जनाएको छ ।
आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ । अहिले सक्रिय संक्रमित जम्मा ८ हजार २३५ जना रहेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै