अब काठमाडौं र ललितपुरमा मात्रै ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभरका दुई जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। कोरोना संक्रमण दर घट्दै गएपछि अहिले काठमाडौं र ललितपुरमा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १ हजार १०६ जना रहेका छन्। हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । उनीहरुमध्ये ८ हजार २८५ जना होम आइसोलेसनमा छन् भने २३२ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा हालसम्म ११ हजार ९३५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण