यी हुन् स्वास्थ्य सेवा दिवसमा पुरस्कृत हुने कर्मचारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा जितेन्द्र कँडेललाई प्रदान गरेको छ । म्याग्दीको बेनी अस्पतालमा कार्यरत डा कँडेललाई आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकावीच पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
यसैगरी ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार जना स्वास्थ्यकर्मी पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरुमा धनकला थापा अनमी बाजुरा अस्पताल, ओम आचार्य ल्याव टेक्निसियन निरीक्षक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत, रामप्रवेश साह ल्याव टेक्निसियन प्रादेशिक अस्पताल गौर र योगेन्द्र कट्टेल सी अहेव चतरा प्राथमिक स्वास्थ्य केन्द्र वराह क्षेत्र सुनसरी रहेका छन् ।
उता दिवसको अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइएको छ । सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन् । यसैगरी डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङ रहेका छन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित