झण्डै ११ लाखले लगाए कोरोना विरुद्धको बुस्टर डोज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा झण्डै ११ लाखले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार १० लाख ९१ हजार ६५९ जनाले बुस्टर डोज लगाएका छन्।
यसैगरी लक्षित जनसंख्याको ९१ दशमलब ४ प्रतिशतले कम्तीमा एक मात्रा र ७८ दशमलब ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । खोप अभियान सुरु भएयता ३ करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइएको छ ।
अहिले पनि कोरोना विरुद्धको खोप अभियान देशभर नै जारी रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण