स्वास्थ्य बैज्ञानिकहरुको आठौं शिखर सम्मेलन चैत २७ देखि २९ सम्म हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको आठौं शिखर सम्मेलन आगामी चैत २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
प्रत्येक वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफनो स्थापनाको अवसरमा स्वास्थ्य तथा जनस्वास्थ्य बैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ । यसअघिका छैटौं र सातौं सम्मेलन कोरोना महामारीका कारण भर्चुभल रुपमा गरिएको थियो ।
यसपटक भने कोरोना संक्रमणको जोखिम हेरेर भौतिक उपस्थिती र भर्चुअल के गर्ने भन्ने निर्णय गरिने परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले जानकारी दिए । शिखर सम्मेलनका लागि परिषद्ले ओरल र पोस्टर प्रस्तुतीका लागि अब्स्ट्याक्ट कल गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण