अब तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब तीन जिल्लामा मात्रै कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर र कास्की गरी तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ९ हजार ६७८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा छन्। तीमध्ये काठमाडौंमा मात्रै २ हजार १२ जना रहेका छन्।
यसैगरी झापा, मोरङ, सुनसरी, भक्तपुर, चितवन, बाँके, कैलाली, रुपन्देही लगायतका १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । केही समय यता कोरोना संक्रमण दर कम हुँदै गएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो