देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार, ९ हजार ७६३ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर १० हजारमा झरेको छ । बुधबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले देशभर १० हजार ९० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। तीमध्ये ९ हजार ७६३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
यसैगरी जम्मा ३२७ जना मात्र संस्थागत आइसोलेसनमा रहेको तथ्यांकमा उल्लेख छ । कोरोनाको तेस्रो लहरमा सिकिस्त संक्रमितको संख्या कम भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको पाइन्छ । उता १०५ जना संक्रमितको आइसीयूमा र १९ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ९३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्। उता भक्तपुरमा २४७ जना र ललितपुरमा १२ सय जना सक्रिय संक्रमित रहेका छन्।
अब काठमाडौं, ललितपुर र कास्की गरी तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने