देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार, ९ हजार ७६३ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर १० हजारमा झरेको छ । बुधबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले देशभर १० हजार ९० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। तीमध्ये ९ हजार ७६३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
यसैगरी जम्मा ३२७ जना मात्र संस्थागत आइसोलेसनमा रहेको तथ्यांकमा उल्लेख छ । कोरोनाको तेस्रो लहरमा सिकिस्त संक्रमितको संख्या कम भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको पाइन्छ । उता १०५ जना संक्रमितको आइसीयूमा र १९ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ९३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्। उता भक्तपुरमा २४७ जना र ललितपुरमा १२ सय जना सक्रिय संक्रमित रहेका छन्।
अब काठमाडौं, ललितपुर र कास्की गरी तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित