राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले डा ऋषिकेश नारायण श्रेष्ठ, डा विकास लामिछाने र नारायण विक्रम थापाको नाम सिफारिस गरेको थियो।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए। यसभन्दा अघि प्रतिष्ठानमा डा संगीता भण्डारी उपकुलपति थिइन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित