ललितपुरमा आज र भोलि १८ वर्ष पुगेका सबैलाई बुस्टर डोज खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकामा आज र भोलि कोरोना विरुद्धको बुस्टर डोज खोप दिन लागिएको छ ।
ललितपुर महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाका अनुसार १८ वर्ष पुगेका र पूर्ण मात्रा खोप लगाएको ६ महिना भएका व्यक्हिरुका लागि बुस्टर डोज खोप दिन लागिएको हो । त्यसका लागि महानगरका २९ वडै वडा मार्फत खोप दिने कार्यक्रम तय भएको छ । थापाले आफनो नजिकको पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई आग्रह समेत गरेका छन्।
खोप लगाउन जाँदा पहिले खोप लगाएको कार्ड भने अनिवार्य देखाउनुपर्नेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो