‘इमरजेन्सी नर्स तालिम’ सुरु गर्दै ह्याम्स अस्पताल
इमरजेन्सी नर्स तालिम सुरु गर्ने नीजि क्षेत्रको पहिलो अस्पताल बन्यो ह्याम्स
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले नीजि क्षेत्रबाट नेपालमै पहिलोपटक इमरजेन्सी नर्स तालिम सुरु गर्न लागेको छ । अस्पतालको इमरजेन्सी विभाग सबैभन्दा महत्वपूर्ण हुने र त्यहाँ काम गर्ने नर्सहरु इमरजेन्सी सबै खालका बिरामी हेर्नसक्ने र गुणस्तरीय सेवा दिन सक्ने हुनुपर्ने कुरा मनन गर्दै अस्पतालले इमरजेन्सीमा काम गर्न चाहने नर्सका लागि तालिम सुरु गर्न लागेको हो ।
ह्याम्स अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले आफूहरुले इमरजेन्सी विभागको महत्वकोबारेमा जानकारी दिंदै उच्च स्तरीय सेवाका लागि त्यहाँ काम गर्ने नर्सलाई इमरजेन्सी सेवाकाबारेमा तीन महिने तालिम दिन लागिएको बताइन्। उनले त्यसका लागि सोसाइटी अफ इमरजेन्सी नर्सेस अफ नेपालसँग सहकार्य गरेको समेत जानकारी दिइन्। उनले इमरजेन्सी विभागमा जस्तोसुकै बिरामी पनि आउने हुँदा सुरुमा उनीहरुले पाउने सेवाका आधारमा नै पछिको उपचार निर्धारण हुने कुरा मनन गर्दै त्यहाँ काम गर्ने नर्सहरुलाई अझ धेरै ज्ञान र सीप प्रदान गरेर इमरजेन्सी सेवा चुस्त दुरुस्त राख्नका लागि तालिमको आयोजना गरिएको जिकीर गरिन्। उनले यसअघि सरकारी स्तरबाट तालिम गरिएको भए पनि नीजि क्षेत्रको अस्पतालबाट इमरजेन्सी नर्स तालिम सुरु गरिएको पहिलो भएको समेत जानकारी दिइन्।
यसअघि क्रिटिकल केयर नर्स तालिम विभिन्न चरणमा गर्दै आएको ह्याम्स अस्पतालले पहिलोपटक इमरजेन्सी विभागमा काम गर्ने नर्सका लागि पनि तालिम गर्न लागेको हो । तालिम यही चैत ६ गतेबाट सुरु हुने र त्यसका लागि इच्छुक नर्सले यही फागुण २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ । पौडेलले तालिम लिन चाहने नर्सले अस्पतालमा फोन गरेर बिस्तृत जानकारी लिनसक्ने समेत जनाइन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित