के हो मधुमेह, कसरी बच्न सकिन्छ ? (भिडियाेसहित)

डा सन्देश पन्थी
मधुमेह भनेको मानिसको शरीरको रगतमा सुगर अर्थात ग्लुकोजको मात्रा बढी भएर देखिने एक प्रकारको रोग हो । मधुुमेह अहिले देखिएको रोग होइन्। यो परापूर्व खालदेखि नै देखिंदै आएको हो । मधुेमह त्यस्तो रोग हो जसले आफू एक्लैले मात्र मानव शरीरमा बिगार गर्दैन अन्य रोगहरु पनि निम्त्याउने गर्छ । त्यसैले पनि यसको सही व्यवस्थापन बेलैमा गर्न जरुरी हुन्छ । खासगरी मधुमेह ४ प्रकारका हुन्छन्। टाइप वान मधुमेह, टाइप २ मधुमेह, जेस्चेस्नल (गर्भावस्थामा हुने ) मधुमेह र प्यान्क्रियाजमा केही चोटपटक वा अन्य कारणले हुने मधुमेह ।
परिवारमा कसैलाई मधुमेह छ भने छोराछोरीमा हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले नियमित आफनो सुगर लेबल जाँच गर्ने, खानपान नियन्त्रण गर्ने तथा शारीरिक व्यायाममा ध्यान दिन जरुरी हुन्छ । मधुमेह हुँदैमा आत्तिने वा अरुको लहै लहैमा लाग्ने हैन् की चिकित्सकको सल्लाह लिएर यसलाई नियन्त्रणमा राख्न सकियो भने वषौंसम्म पनि अन्य जटिलताबाट जोगिन सकिन्छ ।
टाइप वान मधुमेहमा इन्सुलिन नै उत्पादन हुनसक्दैन्। त्यसैले बाहिरबाट इन्सुलिन दिनैपर्छ । यो सानो उमेरमा बालबालिकामा देखा पर्ने मधुमेह हो । टाइप टु मधुमेह वयस्कमा देखिने मधुमेह हो । यो वयस्क उमेरका मानिसमा सबैभन्दा धेरै देखिने गर्छ । नेपालमा पनि ९५ प्रतिशत मधुमेह टाइप २ मधुमेह नै छ । खासगरी ३५ वर्ष काटेपछि यो मधुमेह देखिने गर्छ ।
गर्भावस्थामा देखिने मधुमेह भने महिला गर्भवती भइसकेपछि शरीरमा देखिने परिवर्तनका कारण हुने गर्छ । यो मधुमेह सुत्केरी भइसकेपछि जान पनि सक्छ। तर कहिलेकाही यही मधुमेह पछिसम्म देखिन सक्छ । यसबाहेक अन्य विभिन्न कारणले पनि मधुमेह देखिन सक्छ । प्यान्क्रियाजमा समस्या भएमा पनि मधुमेह हुनसक्छ । कतिपय औषधि पनि मधुमेह निम्त्याउने खालका हुन्छन्। जुन औषधि खान छोडेपछि आफै हराएर जान्छन्।
मधुमेहका सामान्य लक्षणहरु :
बढी थकाई लाग्ने
मुख सुक्ने
पिसाब लागिरहने
घाउ भएमा निको नहुने
दुब्लाउँदै जाने
बढी भोक लाग्ने
खु्ट्टामा झन्झनाहट हुने
तर यी कुनै पनि लक्षण नदेखिएर पनि मधुमेह भइरहेको हुनसक्छ । त्यसैले पनि यसलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गरिन्छ । सुगर बढेर अन्य अंगमा असर गर्ने बेलासम्म पनि लक्ष्णा नदेखिन सक्छ । त्यसैले नियमित चेक अप जरुरी हुन्छ । मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाहा पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
सबै खालको मधुमेहलाई नियन्त्रण गर्ने भनेको खानपान र शारीरिक व्यायाम नै हो । यसले ७० प्रतिशत भूमिका खेल्छ । त्यसपछि औषधि उपचारमा पनि ध्यान दिन जरुरी हुन्छ । धेरैले औषधि खाए सधैं खानपर्छ भन्दै सकेसम्म औषधिको सेवन गर्न हिच्किचाउने गरेको पाइन्छ । तर एउटा कुरा के बुझ्नपर्छ भने सुगर नियन्त्रण नभएर जटिल रोग निम्तिनु भन्दा त अहिलेदेखि नै औषधि खाएर जटिल रोग निम्तिन नदिनु नै बुद्धिमानी हुन्छ ।
सबै खालको मधुमेहलाई नियन्त्रण गर्ने भनेको खानपान र शारीरिक व्यायाम नै हो । यसले ७० प्रतिशत भूमिका खेल्छ । त्यसपछि औषधि उपचारमा पनि ध्यान दिन जरुरी हुन्छ । धेरैले औषधि खाए सधैं खानपर्छ भन्दै सकेसम्म औषधिको सेवन गर्न हिच्किचाउने गरेको पाइन्छ । तर एउटा कुरा के बुझ्नपर्छ भने सुगर नियन्त्रण नभएर जटिल रोग निम्तिनु भन्दा त अहिलेदेखि नै औषधि खाएर जटिल रोग निम्तिन नदिनु नै बुद्धिमानी हुन्छ ।
मधुमेह नियन्त्रणमा नहुने हो भने यसले मुटुरोग, मिर्गौला रोग, आँखामा समस्या तथा नशाहरुमा समस्या गराउने गर्छ । कतिपयको त खुट्टामा घाउ भएर खुट्टा नै काट्नुपर्ने अवस्था समेत आउनसक्छ ।
त्यसैले पनि यसलाई बेलैमा उपचार गरी खानपान र शारीरिक व्यायामबाट नियन्त्रणमा राख्न जरुरी हुन्छ ।, परिवारमा कसैलाई मधुमेह छ भने छोराछोरीमा हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले नियमित आफनो सुगर लेबल जाँच गर्ने, खानपान नियन्त्रण गर्ने तथा शारीरिक व्यायाममा ध्यान दिन जरुरी हुन्छ । मधुमेह हुँदैमा आत्तिने वा अरुको लहै लहैमा लाग्ने हैन् की चिकित्सकको सल्लाह लिएर यसलाई नियन्त्रणमा राख्न सकियो भने वषौंसम्म पनि अन्य जटिलताबाट जोगिन सकिन्छ ।
डा पन्थी सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ हुन्।
भिडियाे :
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा