नेपालमा पहिलोपटक कोभिड भ्याक्सिनको क्लिनिकल ट्रायल ! कसरी हुँदैछ ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक कोरोना विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने भएको छ । सरकारले बिहिबारको मन्त्रीपरिषदको निर्णयबाट कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपका लागि ट्रायलको अनुमति दिएको हो । नेपालमै हुन लागेको कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायलको बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीसँग गरिएको कुराकानी :
नेपालमा पहिलोपटक कोरोना भाइरस विरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल हुन लागेको हो ?
हो, नेपालमा पहिलोपटक कोरोना विरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ । हामीले कोरोना महामारी शुरु भएदेखि नै यसको लागि कुरा गरिरहेका थियौं । धेरै कम्पनीहरु यसमा इच्छुक पनि देखिएका थिए । तर परिषदको केही गाइडलाइन्सहरु छन् ती सबै पूरा नगरेसम्म ट्रायल गर्न पाइँदैन । अहिलेको चीनको वालभ्याक्स भन्ने कम्पनीले परिषदको निर्धारण गरेका सबै मापदण्ड पालना पूरा भएपछि हामीले अप्रुभल दिएका हौं । अब उसलाई क्लिनिकल ट्रायलका लागि बाटो खुलेको छ ।
नेपालमा क्लिनिकल ट्रायल हुँदा कसलाई फाइदा हुन्छ ?
हेर्नुस् क्लिनिकल ट्रायल भनेको अनुसन्धान हो । हाम्रै देशमा हाम्रै मानिसहरुमा क्लिनिकल ट्रायल भएर पास भएको खोप बनेमा त्यसको प्रत्यक्ष फाइदा हामीलाई नै हुने हो । पहिलो कुरा त हाम्रो आफनो जीन अनुसार खोप बन्ने हुन्छ । अर्को कुरा नेपालमै ट्रायल हुँदा पास भएमा खोपको पहिलो प्राथमिकतमा हामी नै पछौं । यहीं उत्पादन हुनु भनेको शुरुमै हामील खोप पाउने हो । त्यो शर्त नै हुन्छ कम्पनीसँग । त्यसैले यो ट्रायल हुनु र पास हुनु भनेको नेपाली जनतालाई नै फाइदा हुने कुरा हो । यो भन्दा पहिले अरु देशमा बनेका खोप हामीले उनीहरुका व्यक्तिमा बनेका र उनीहरुका अनुसारका खोप लगाउँथ्यो भने अब बन्ने खोप हाम्रो बनावट र हावापानी अनुसार बन्ने हुन्छ ।
कसरी हुँदैछ क्लिनिकल ट्रायल ?
कुनै पनि खोपको क्लिनिकल ट्रायलका लागि विदेशी कम्पनीले मात्र गर्न पाउँदैन् । त्यसमा नेपाली पार्टनर हुनैपर्छ । त्यसैले यो खोप ट्रायलका लागि पनि नेपाली औषधि कम्पनी देउराली जनता फर्मासिटिकल्सले इच्छा देखाएर पार्टनरसिप गरेको छ । यसमा क्लिनिकल ट्रायल वालभ्याक्स कम्पनीले गर्छ यदि यो पास भएमा खोपको उत्पादन गर्ने जिम्मा देउराली जनताले गर्नेछ । त्यही अनुसार सम्झौता भएको छ । हामीले त अनुसन्धानका लागि चाहिने शर्तहरु पूरा भए नभएको हेर्ने, मोनिटर गर्ने काम गर्ने हो । बनाउने काम उहाँहरुकै हो । सुरक्षाका उपाय अपनाएर भ्याक्सिनको ट्रायल गरिनुपर्छ । अर्को कुरा तेस्रो चरणको ट्रायलमा संलग्न गराउनका लागि कुनै पनि व्यक्तिलाई दबाब वा प्रलोभन दिन पाइँदैन। यदि यस्तो पाइएमा पूरै प्रक्रिया नै रद्द गरिन्छ ।
कति सहभागी हुँदैछन् ? कहाँ हुन्छ साइट ?
यो क्लिनिकल ट्रायलमा ३ हजार भोलिन्टीयर रुपमा सहभागी हुनेछन्। उनीहरुलाई पहिले नै फाराम भरेर सबै कुरा जानकारी गराइन्छ । उनीहरुलाई केही भएमा उनीहरुको बीमा देखि उपचार सम्मको खर्च बेहोर्ने जिम्मा कम्पनीकै हुन्छ । १८ वर्ष माथिका व्यक्तिहरु यसमा सहभागी हुनेछन्। १८ देखि ६० वर्षका एक समूह र ६० माथिका समूह गरी दुई समूहमा खोपको असर हेरिनेछ । यसले गर्दा उमेर अनुसारको पनि रिजल्ट हेर्न सकिनेछ । यसको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्लिनिकल ट्रायलका लागि साइट तोकिएको छ ।
कहिलेसम्म आउँछ रिजल्ट ?
क्लिनिकल ट्रायलका लागि लामो समय राखिएको छैन् । ३ देखि ६ महिनामा काम सक्ने र रिजल्ट पनि त्यति नै समयमा आउँछ । यो चरणमा खोपको प्रभावकारिताबारे अध्ययन हुन्छ । पास भएमाा खोप उत्पादनका लागि देउराली जनताले काम अघि बढाउँछ भने फेल भएमा काम बन्द हुन्छ । तेस्रो चरणमा क्लिनिकल ट्रायलमा रहेको वालभ्याक्सको यो खोपको क्लिनिक ट्रायलमा सफल भएमा नेपालमै खोप उत्पादनका लागि बाटो खुल्नेछ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै