Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुन्दर आँखाका लागि गर्ने हैन् त ‘आइलिड सर्जरी’

सुन्दर आँखाका लागि गर्ने हैन् त ‘आइलिड सर्जरी’

भनिन्छ आँखा नै मानिसको पहिलो सुन्दरताको प्रतिक हो । जोकोही पनि भेट हुँदा शुरुमा आँखामा आँखा जान्छ । त्यसैले पनि सबैको चाहना आफनो आँखा सुन्दर होस भन्ने हुनु स्वभाविक नै हो । तर सबैको आँखा आफूले चाहेको अनुसार नहुनसक्छ । त्यसका लागि कस्मेटिक सर्जरी मार्फत आँखालाई सुन्दर बनाउन सकिन्छ। सुन्दर आँखाले मानिसको व्यक्तित्व झल्किने र अनुहारको सौन्दर्य बढ्ने भएकाले कस्मेटिक सर्जरीमा अहिलेको प्रविधिको विकाससँगै धेरैको चासो देखिन्छ ।

आँखाको कस्मेटिक सर्जरी पनि धेरै प्रकारका हुन्छन् । आँखा तलको छाला झोल्लिएको अवस्थामा यसलाई निकालेर आँखा मिलाउन सकिन्छ । यो विशेष गरी ४५\ ५० वर्षपछि उमेर बढ्दै जाँदा आँखाको तलपट्टी छाला झोल्लिंदै जान्छ । यो अवस्थामा कस्मेटिक सर्जरी गर्न सकिने बताउँछन् कस्मेटिक सर्जन डा जसवन शाक्य । यस्तो अवस्थालाई ‘आइ ब्याग’ हटाउने भनिन्छ । यस्ता समस्या लिएर धेरै आउने गरेको उनको भनाई छ ।

अर्को हो, आँखाको मुन्द्री बनाउने । कतिपयको अझ मंगोलिनयन समुदायका महिलाको आँखामाआइ स्याडो लगाउने ठाउँ नै हुँदैन, जसले गर्दा आँखा नै सानो र चिम्से देखिन्छ । अथवा गाजल लगाउँदा पनि देखिंदैन्। त्यसैले उनीहरु यो आँखाको मुन्द्री बनाएर आइस्याडो लगाउने बनाउन चाहन्छन्। यो सर्जरी गर्न धेरै जसो युवतीहरु आउने गर्छन । यस्तो सर्जरी गर्ने १८ वर्षदेखि ३५ वर्ष भित्रका युवायुवतीहरु धेरै आउने गरेको डा शाक्य बताउँछन्। यसरी सर्जरी गरेर आइलिड बनाउँदा आँखा ठूलो र आकर्षक देखिन्छ ।

यीबाहेक कसैका दुवै आँखा बराबर आकारका नहुन सक्छन्।  कसैका आँखा धेरै ठूला र कसैका धेरै साना हुन्छन् । कसैको चोटपटकपछि आँखाको छाला अङ्गभङ्गपछि पनि कस्मेटिक गर्न आउनेहरू गर्छन । कतिपयको वंशाणुगत कारणले पनि आँखा नमिलेको हुनसक्छ ।

डा शाक्य भन्छन्,  यो सर्जरी एकदमै सुरक्षिता सर्जरी भित्र पर्छ । कतिपयले आँखाको वरिपरी भएकाले आँखामा असर गर्छ की भन्ने सोचेको पाइन्छ । तर यस्तो जोखिम केही पनि हुँदैन्। किनकी यो सर्जरी गर्दा आँखाको माथिल्लो छालामा मात्र काम गर्ने भएकाले यसको भिजनसँग कुनै सम्बन्ध नै हुँदैन्।’

नेपालमा आँखा मिलाउन आउने विदेशमा बस्ने धेरै नेपालीहरु छन्। उनीहरुलाई यहाँ यो सर्जरी निकै सस्तो र गुणस्तरीय छ । त्यसैले पनि नेपाल आएको बेला आँखाको कस्मेटिक सर्जरी गरेर जानेहरु बढिरहेका छन्। विदेशमा हरेक कस्मेटिक सर्जरी निकै महंगो हुन्छ । यही ‘आइलिड सर्जरी’ नेपालमा  ४५ देखि ५० हजारमा गरिरहेको डा शाक्यको भनाई छ । बेलायतमा यही सर्जरी ६ \७ लाख रुपैयाँ लाग्छ । अमेरिकामा यस्तै सर्जरी ३ \४ लाख सम्म लाग्छ । बैंककमा २ लाख भन्दा बढी पर्छ ।

उनीहरुलाई यो रकममा त नेपाल आएर परिवार भेटेर सर्जरी गरेर पनि जान पुग्छ। त्यसैले विदेश बस्ने धेरै जसो नेपाली आइलिड सर्जरी मात्र हैन नाक मिलाउने, स्तन सानो ठूलो बनाउने जस्ता कस्मेटिक सर्जरीका लागि नेपाल नै रोज्छन्।

नेपालमा यो सर्जरी धेरै स्थानमा हुँदैन्। केही सिमित स्थानमा मात्र कस्मेटिक भित्रको आइलिड सर्जरी गरिन्छ । त्यसैले सही स्थान र सही विशेषज्ञको परामर्श लिएर यो सर्जरी गर्दा कुनै असर गर्दैन । तर यसका लागि सही छनौट भने जरुरी हुन्छ । विज्ञापनका आधारमा जहाँ पायो त्यही यो सर्जरी गर्दा कहिलेकाहीं भइहरेको अवस्था भन्दा पनि नराम्रो हुन सक्ने भन्दै सही डाक्टर र सही स्थानमा यो सर्जरी गर्न सुझाव दिन्छन् उनी ।

त्यसैले तपाइँ पनि सुन्दर आँखा बनाउन चाहनुहुन्छ भने परामर्श लिएर बुझेर सही विशेषज्ञबाट यो सर्जरी गरेर आफूलाई सुन्दर मात्र हैन आत्मविश्वास पनि बढाउन सक्नुहुन्छ ।

कस्मेटिक सर्जन डा जसवन शाक्यले स्टार अस्पताल र नक्सालस्थित स्वस्ती लेजर तथा स्किन केयरमा यो सर्जरी गर्दै आएका छन्।

 

थप समाचार