Health TV Online
Health TV Online
Health TV Online

‘कोरोना हटस्पट’ काठमाडौं उपत्यकामा आज थपिए १५१२ संक्रमित

‘कोरोना हटस्पट’ काठमाडौं उपत्यकामा आज थपिए १५१२ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा आज १५१२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७५३ संक्रमित थपिंदा काठमाडौं उपत्यकामा आधा भन्दा बढी १५१२ संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२९४ जना, भक्तपुरका ७७ जना र ललितपुरका १४१ जना रहेका छन्। हाल काठमाडौंमा १५ हजार १, भक्तपुरमा १२ सय ४२ र ललितपुरमा २२ सय २६ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर रहेका सक्रिय संक्रमितको संख्याको आधा भन्दा बढी संक्रमित उपत्यकामा नै रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना