‘कोरोना हटस्पट’ काठमाडौं उपत्यकामा आज थपिए १५१२ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा आज १५१२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७५३ संक्रमित थपिंदा काठमाडौं उपत्यकामा आधा भन्दा बढी १५१२ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२९४ जना, भक्तपुरका ७७ जना र ललितपुरका १४१ जना रहेका छन्। हाल काठमाडौंमा १५ हजार १, भक्तपुरमा १२ सय ४२ र ललितपुरमा २२ सय २६ जना सक्रिय संक्रमित रहेका छन्।
देशभर रहेका सक्रिय संक्रमितको संख्याको आधा भन्दा बढी संक्रमित उपत्यकामा नै रहेका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य