कुमको दुखाइमा फिजियोथेरापीको भूमिका

डा. सोनी देव
कुम भनेको हातलाई पातासँग जोर्ने जोर्नी हो र हात चलाउँदा वा हातले कुनै पनि कार्य गर्दा सो जोर्नीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो जोर्नी धेरै चल्ने र थोरै स्थिर हुन्छ र सो जोर्नीमा भएको कुनै पनि प्रकारको दुखाईलाई कुमको दुखाई भनिन्छ । हात चलाउँदा वा माथि लाँदा कुमको जोर्नीमा वा वरिपरि दुखेको छ भने कुमको दुखाई हो भन्ने बुझिन्छ । कुम दुख्दा दैनिक कार्यहरु गर्न गार्हो हुने जस्तै कपाल कोर्दा दुख्ने सम्म हुनसक्छ ।
कुम दुख्ने कारणहरु के के हुन् ?
कुमको जोर्नी जाम भएर : कुम दुख्ने समस्याहरु मध्ये ७०५ कुमको जोर्नी जाम भएर दुखेको भेटिन्छ । बिशेष गरी हात पछाडी लादा र माथि उचाल्दा गार्हो हुने वा नसक्ने हुन्छ र कुमको जोर्नी जाम हुँदा हातले केहि काम गर्न वा हात चलाउन खोज्दा पुरै ज्यान नै चल्ने गर्दछ ।
नशा च्यापिएको : गर्दनमा नशा च्यापिएको ब्यक्तिहरुमा पनि कुम दुख्ने समस्या हुनसक्छ र नशा थिचिएको वा फशेको कुमको जोर्नीमा हात तिर आउने कुनै नशा फसेर पनि कुम दुख्ने समस्या भएको देखिन्छ ।
हड्डीको कारण : कुमको हड्डी खियिएको वा हड्डीमा क्याल्सियमको मात्रा कम भएको ब्यक्तिमा पनि कुम दुख्ने समस्या हुनसक्छ ।
मांसपेशीका कारण : कुम जोर्नीको वरिपरिको मांसपेशीहरु जकड्न भएर कुम दुख्ने हुन्छ भने कुनै प्रकारको चोट पटक लाग्दा कुम वरिपरीको मांसपेशीहरु च्यातिने वा चाहिने भन्दा बेसी तन्किने इत्यादी भएमा पनि कुम दुख्ने समस्या हुन्छ ।
कुमको जोर्नी फुस्किने : पक्ष्घात वा टाउकोको सल्क्रिया वा अन्य कुनै कारणले गर्दा हात नचल्नेभएको बेलामा कुम वरिपरिको मांसपेशीहरु कम्जोर हुने हुदा सो अवस्थामा हात समातेर तान्दा कुमको जोर्नी फुस्किने सम्भावना हुन्छ जसले गर्दा पनि कुम दुख्ने समस्या हुन्छ ।
कुम दुख्ने समस्या भएमा कुन बेला फिजियोथेरापीमा जाने ?
हात चलाउदा ,हात माथि लादा वा हात पछाडी लान गार्हो भएमा वा कुमको जोर्नीमा दुख्ने बितिकै फिजियोथेरापीमा जाने अथवा हाड जोर्नी तथा नशा रोग बिसेस्ग्य काहाँ गई रोग निदान गराई सके पछि रोकथाम ,साबधानी अपनाउने ,गर्न हुने र नहुने तरिकाहरु बारे जानकारी लिन र उपचार गर्न फिजियोथेरापीमा जाने ।
कुम दुख्ने समस्या भएमा कति समयसम्म फिजियोथेरापी गर्ने ?
कुम दुखेको ब्यक्तिले फिजियोथेरापिष्टको सल्लाह, सुझाब र परामर्श अनुशार उपचार गर्नुपर्ने हुन्छ र यसको कुनै निश्चित अबधि हुदैन र फिजियोथेरापीले समस्या कम गर्नुका साथै अझै बढ्नबाट जोगाउने हुनाले आफुलाई आवश्यकता अनुसार गर्न सकिन्छ ।
के कारणले दुखेकोमा फिजियोथेरापी कसरी गरिन्छ ?
कुमको जोर्नी जाम भएकोमा तातोले १० \ १५ मिनेट सेकेर ज्वैंट मोबिलैजेश्न अथवा ग्लैदिंग गराई जाम भएको जोर्नी खोलिन्छ र दुखाई कम गर्न आई एफ टि मेशिन १५ \ २० मिनेट लगाईन्छ र फेरी जाम हुन नदिनलाई ब्यायमहरु सिकाइन्छ ।
नशा च्यापिएको वा फसेकोमा नशा च्यापिएको वा कुम्भको जोर्नीमा नशा फसिएकोले गर्दा भएको दुखाई कम गर्न निउरल मोबिलायिजेशन गराई व्यायामहरु गराइन्छ
हड्डीको कारणले दुखेकोमा, हड्डी खिएको कारणले भएको दुखाईमा तातो र आइ एफ टि मेशिन १५ \२० मिनेट लगाएर दुखाई कम गर्नुका साथै मांसपेशी बलियो बनाउने ब्यायमहरु गराईन्छ जस्ले हड्डीहरुलाई आफ्नो ठाउमा तानेर राख्न मद्दत पुर्याउन्छ र अझै खियिनबाट जोगाउन सकिन्छ ।
मांसपेशीका कारण
मसल्स स्पाजमले गर्दा दुखाई भएकोमा १०\१५ मिनेट तातोले सेकेर मयोफ़ेसिअल रिलिज ,स्ट्रेचिंग र स्त्रेंठेनिंग व्यायमहरु गराइन्छ र मसल्स टिअर भएकोले दुखाई भएकोमा २० अझै फुस्किनबाट जोगाउन सकिन्छ साथै मांसपेशी बलियो बनाउन ब्यायमहरु पनि गराइन्छ ।
नोट : कुमदुखेको व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू:
गर्नुपर्ने :
दुखाई हुनुजेलसम्म नियमित फिजियोथेरापिष्टको परामर्श अनुशार मेसिन लगाउने र दुखाई कम भएपछि सिकाएको व्यायाम नियमित गर्ने ।
दुखेको भएतापनि फिजियोथेरापिष्टको परामर्स अनुशार चलाउन नछोड्ने ।
हात जति सकिन्छ माथि र पछाडी लाने प्रयाश गर्ने ।
दुखेको ठाउमा १०\१५ मिनेट तातोले बिहान बेलुका सेक्ने ।
गर्न नहुने :
दुखेको हातमा भारी न बोक्ने ।
हात टाउको मुनि राखेर नसुत्ने ।
दुखेको कुम च्यापेर वा थिचेर नसुत्ने ।
पर्स वा ब्याग दुखेको कुम्भ पट्टि न बोक्ने ।
दुखेको कुमलाई सक्ने भन्दा बेसी न तन्काउने ।
सकी नसकी धेरै बल प्रयोग गरि व्यायाम नगर्ने ।
(डा.देव हाम्रो सहयात्री हस्पिटल तथा बर्थिङ सेन्टरकी फिजियोथेरापी विभाग प्रमुख हुन्।)
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा