कोरोनाकाे कहरमा डायलाइसिस गराउने बिरामी

डा. ऋषि कुमार काफ्ले
मिगौला बिग्रीसकेपछि बिरामीमा दुईवटा मात्र विकल्प हुन्छ । पहिलो मिर्गौला प्रतयारोपण गर्ने र अर्को डायलाइसिस गराइरहने । प्रत्यारोपण सबैभन्दा उत्तम उपाय भए पनि विभिन्न कारणले सबैले प्रत्यारोपण गर्न सक्दैनन्। त्यसैले उनीहरुले सातामा कम्तीमा दुईपटक डायलाइसिस गराउनुपर्छ ।
कोरोनाको कहर शुरु भएपछि भने डायलाइसिस गर्ने बिरामीलाई ठुलो समस्या पर्यो । एक त कोरोनाको डर त्यसमा सरकारले लकडाउन गरेपछि टाढा टाढाबाट डाइलाइसिस गराउनकै लागि अस्पतालमा आउने बिरामी मारमा परे । तर उनीहरुसँग डायलाइसिस बाहेककाे विकल्प नै हुँदैन, जति समस्या परे पनि गराउनैपर्छ अन्यथा जटिलता बढ्दै जान्छ, ज्यान नै जोखिममा हुन्छ । डायलाइसिस गर्न एक दिन पनि ढिला हुँदा बिरामीलाइ अप्ठेरो हुन शुरु गरिहाल्छ । त्यसैले पनि कोरोनाको कहरमा पनि डायलाइसिस सेवा बन्द भएन । बिरामीहरु पनि हिंडेरै अस्पतालसम्म आइपुगे । कतिपय आफन्तले साइकल, ठेलागाडामै भए पनि बिरामी ल्याएर आए । यही विचमा डायलाइसिसका लागि चाहिने कतिपय सामान अभाव देखिन थालेको थियो । पाए पनि अत्यन्त महंगो तिरेर मात्र पाइने भयो । तर हामीले जसोतसो गरेर बिरामीलाई दिने सेवा भने रोकेनौं । बिरामी मात्र हैन् हामी चिकित्सक एवं स्वास्थ्यकर्मी एवं अस्पतालका सबैमा मनोबैज्ञानिक त्रास अत्यन्त धेरै हुँदाहुँदै पनि सेवा रोक्न दिएनौं ।
शुरुमा एक जना बिरामीलाई जम्मा २ घण्टा मात्र डायलाइसिस गरायौं जबकी एकपटकमा ४ घण्टा मेशिनमा बस्नुपर्छ । यो हामीले बिरामीलाई बचाउन मात्र खोजेर काम गरेका थियौं । पछि बिस्तारै ३ घण्टा दियौं र अहिले त ४ घण्टा नै सेवा दिइरहेका छौं । तीन सिफ्टमै काम गरिरहेका छौं । मिर्गौालाका बिरामीको रोगसँग लड्ने क्षमता कम हुने भएकाले यदि उनीहरुमा कोरोना भाइरसले संक्रमण गरेमा जटिलता अत्यन्त बढी हुन्छ र मृत्युदर पनि बढी हुन्छ । त्यसैले पनि हामीले बिरामी आउँदादेखि नै उनीहरुको ज्वरो नाप्नेदेखि हात धुने ब्यवस्था सम्म गरेका छौं । डायलाइसिस गर्ने बिरामी र अन्य बिरामी हिंड्ने बाटो एउटै भएकाले हामीले यो संवेदनशिलतालाई हेर्दै अझै ओपीडी सेवा शुरु गरेका छैनौं ।
शुरु शुरुमा त कोरोना भाइरस आफैमा नयाँ भएकाले पनि हामीलाई पनि निकै डर लागिरहेको थियो । के हुने हो, कसरी व्यवस्थापन गर्ने भन्ने वारेमा । लकडाउन शुरु भएको एक सातासम्म हामीमा मनोबैज्ञानिक त्रास धेरै नै भयो । त्यसपछि भने विस्तारै बानी पर्दै गयो । पहिलो कुरा त बिरामीलाई जसरी पनि सेवा दिनु थियो । अर्को कुरा बिरामीलाई कोरोना भाइरसको महामारीबाट बचाउनु पनि थियो। कोरोना कसरी सर्छ भन्नेमै धेरै कुराहरु बाहिर आइरहेका थिए । त्यसैले पनि हामी बढी चिन्तित थियौं । बिरामी आएपछि सेवा दिनै पर्र्छ । तर त्यही एक जना बिरामीलाई कोरोना संक्रमण देखियो भने फेरी अन्य बिरामीलाई जोगाउन गाह्रो हुुन्ट भन्ने हामीलाई थाहा थियो । त्यही अनुसार व्यवस्थापन गर्दै गयौं ।
शुरुमा एक जना बिरामीलाई जम्मा २ घण्टा मात्र डायलाइसिस गरायौं जबकी एकपटकमा ४ घण्टा मेशिनमा बस्नुपर्छ । यो हामीले बिरामीलाई बचाउन मात्र खोजेर काम गरेका थियौं । पछि बिस्तारै ३ घण्टा दियौं र अहिले त ४ घण्टा नै सेवा दिइरहेका छौं । तीन सिफ्टमै काम गरिरहेका छौं । मिर्गौालाका बिरामीको रोगसँग लड्ने क्षमता कम हुने भएकाले यदि उनीहरुमा कोरोना भाइरसले संक्रमण गरेमा जटिलता अत्यन्त बढी हुन्छ र मृत्युदर पनि बढी हुन्छ । त्यसैले पनि हामीले बिरामी आउँदादेखि नै उनीहरुको ज्वरो नाप्नेदेखि हात धुने ब्यवस्था सम्म गरेका छौं । डायलाइसिस गर्ने बिरामी र अन्य बिरामी हिंड्ने बाटो एउटै भएकाले हामीले यो संवेदनशिलतालाई हेर्दै अझै ओपीडी सेवा शुरु गरेका छैनौं ।
यो बिचमा मिर्गौला प्रत्यारोपण सेवा रोकिएकाे छ, जसले गर्दा उनीहरु पनि डायलाइसिसमा आउनुपर्यो । त्यसैले पहिले भन्दा डायलाइसिस गर्ने बिरामी बढी भए । तर यातायात चल्न नसक्दा यो बेला धेरै बिरामीले दुख पाएका छन्। डायलाइसिस सेवा यस्तो सेवा हो जुन बिरामीले एक दिन पनि पाएन भने उसको स्वास्थ्यमा जटिलता पैदा गरेर तुरुन्तै मृत्यु हुनसक्छ । त्यसैले हामी यस विषयमा सिरियस थियौं र अहिले पनि छौं ।
डा. काफ्ले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा